एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा सनराईजर्स हैदरावादले मुम्बई इण्डियन्समाथि ३ रनको जित निकालेको छ । मंगलबार राति हैदरावादले दिएको १९४ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाएर १९० रनमा समेटियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । यस्तै, टिम डाभिडले ४६ रन जोडे । हैदरावादका उम्रान मालिकले ३ विकेट लिए । यसअघि मुम्बईमा पहिले टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल खडा गर्यो ।
हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ७६ रन बनाए । प्रियम गार्गले ४२ रन जोडे । मुम्बईका रमनदीप सिंहले ३ विकेट लिए । छैटौं जितसँगै हैदरावादले १३ खेलबाट१२ अंक जोडेर आठौं स्थानमा छ । प्रतियोगितामा दशौ हार बेहोरेको मुम्बई १३ खेलमा ६ अंक जोडेर अन्तिममा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित