काठमाडौं । लखनउ सुपर जाइन्ट्सलाई २४ रनले पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगितामा दोस्रो स्थानमा उक्लिएको छ ।
आइतबार राति राजस्थानले दिएको १७९ रनको लक्ष्य पछ्याएको लखनउ २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । लखनउका दिपक होडाले सर्वाधिक ५९ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र रोबेड म्याककोयले समान दुई विकेट लिए ।
यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि याशभी जैसवालले सर्वाधिक ४१ रन बनाए । लखनउका रवी बिश्नोईले २ विकेट लिए ।
जितसँगै राजस्थान १३ खेलमा १६ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । लखनउ १३ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा झर्यो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ जेठ २०७९, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने