सन्दीप लामिछाने भन्छन्,- आईपीएलबाट नेपाललाई चिनाउने मौका पाएकोमा खुसी छु

मंगलबार, ०८ जेठ २०७५, १७ : ३१
सन्दीप लामिछाने भन्छन्,- आईपीएलबाट नेपाललाई चिनाउने मौका पाएकोमा  खुसी छु

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत नेपाललाई चिनाउन पाएकोमा आफू खुसी भएको बताएका छन् ।
मंगलबार अपरान्ह काठमाडौ आइपुगेका क्रिकेटर लामिछानेले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा भएको पत्रकार सम्मेलनमा आफूले आइपिएलबाट धेरै कुरा सिकेको भन्दै आत्मविस्वासका साथ अघि बढे सफलता मिल्ने प्रतिकृया दिएका छन् । लामिछानेले आईपीएल आफ्नो अविश्मरणीय यात्रा भएको बताएका छन् ।

सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का लगायतले स्वागत गरेका थिए ।
“आईपीएलमार्फत नेपाललाइ चिनाउने राम्रो मौका पाएँ,” उनले भने, “आगामी दिनमा अन्य नेपाली खेलाडी पनि आईपीएलमा देख्न पाउँ ।” उनले आफूले पहिलो खेलमा राम्रो प्रदर्शन गर्न पाएकै कारण बाँकी दुई खेलमा पनि मौका पाएको बताए ।

 

प्रतिक्रिया दिनुहोस