एजेन्सी । पश्चिम दिल्लीको मुन्डकामा एउटा चार तले व्यवसायिक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरिएको छ ।
आगलागीको समयमा भवनभित्र ७० जनाभन्दा बढी मानिस रहेका थिए । कम्तिमा ६० जनालाई भवनबाट उद्धार गरिएको छ । केही मानिस अझै भवनभित्र फसेको प्रहरीले जनाएको छ ।
सर्ट सर्किट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीपछि दुईजना पक्राउ परेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति सहानुभूति प्रकट गरेका छन् । मृतकका प्रत्येक परिवारलाई जनही २ लाख भारु दिने मोदीले घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीबाट दुई जनाको मृत्यु, नौ घाइते
हुम्लाकाे सर्केगाडमा आगलागी, दुई जना घाइते, तीन घरमा क्षति
मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली