स्थानीय तह निर्वाचन

झडमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ३८
झडमा घाइते मतदान अधिकृत लिन सेनाको हेलिकप्टर हुम्लातिर

हुम्ला । झडपमा मतदान अधिकृत घाइते भएपछि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो । 

ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । उनले घाइतेहरुलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । 

 मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।

 

प्रतिक्रिया दिनुहोस