उपराष्ट्रपति कप खेल्ने खेलाडीको चितवनबाट बिदाई

सोमबार, ०७ जेठ २०७५, १६ : ११
उपराष्ट्रपति कप खेल्ने खेलाडीको चितवनबाट बिदाई

चितवन । जेठ ८ र ९ गते काठमाडौँको दशरथ रंगशालामा हुने प्रथम उपराष्ट्रपति कप खेलकुद प्रतियागिताको प्रदेश स्तरीय खेल खेल्न जाने चितवनको टोलीलाई बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले ३३ सदस्यीय टोलीलाई आइतबार बिहान बिदाई गर्नुभएको हो ।

मार्सल आर्टको छुट्टै प्रतियोगिता गरेर खेलाडी छनौट गरिएको भएपनि अन्य विधाको खेलमा भने राष्ट्रपति रनिङ शिल्ड खेलेका १४ वर्ष मुनिका उत्कृष्ट खेलाडहीहरुलाई छनौट गरिएको लामाले बताउनुभयो । प्रथम उपराष्ट्रपति चिल्ड्रेन्स गेम्सका लागि चितवनबाट कराँते, उसु, तेकवान्दोमा ६ जनका दरले १८ जना खेलाडी तथा एथलेटिक्सको विभिन्न पाँच विधामा १० जना गरि २८ जना खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन् । खेलाडीका साथमा चार जना खेल प्रशिक्षक तथा टोली प्रमुख जिल्ला खेलकुद विकास समिति चितवनका कार्यालय प्रमुख रामजी ढकाल समेत काठमाडौँ गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस