काठमाडौं । साताको तेस्रो दिनमा आइपुग्दा सेयर कारोबार मापक नेप्से परिसूचक २३ सय नाघेको छ । केही समय यता लगातार घटिरहेको नेप्से परिसूचक अघिल्लो साता २२ सयमा झरेको थियो । मंगलबार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ अंकमा पुगेको हो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अंकले बढेको छ । सेयर कारोबार रकम भने १ अर्ब ३५ करोडमा रोकिएको छ । दिनभर भएका २६ हजार ५६५ कारोबारबाट २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएका छन् ।
जसबाट कारोबार रकम १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक बढ्दा करिब आधा दर्जन कम्पनीहरुको सेयर मुल्यमा सर्किट लेभलमा कारोबार भएको छ ।
सबैभन्दा धेरै बढ्ने पहिलो नम्बरमा ङ्यादी ग्रुप, दोस्रो नम्बरमा बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।यसैगरी युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले बढ्यो सेयर बजार
नेप्सेमा दोहोरो अंकको गिरावट, २ अर्ब ७९ करोडको कारोबार
नेप्सेमा सामान्य गिरावट
नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४८ करोडको कारोबार
नेप्से ९ अंकले बढ्यो, सवा ४ अर्बको कारोबार
साताको सेयर बजार : नेप्से परिसूचक २००४ अंकको बिन्दुमा