काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्विकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उनी विशेष पर्यवेक्षकको भूमिकामा रहने थिए ।
‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आयोगमा आएको थियो,’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘आयोगकै एकजना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराउनुभयो । त्यसबारे सोधपुछ गर्दा उहाँ आवद्ध रहेको थाहा भएपछि हामीले अनुमती दिन सकेनौं ।’
नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ ।आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो । डा. यादवको नाम पनि विशेष पर्यवेक्षकको रुपमा सिफारिस भएको आयोगबाट अस्विकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया