काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्विकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उनी विशेष पर्यवेक्षकको भूमिकामा रहने थिए ।
‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आयोगमा आएको थियो,’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘आयोगकै एकजना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराउनुभयो । त्यसबारे सोधपुछ गर्दा उहाँ आवद्ध रहेको थाहा भएपछि हामीले अनुमती दिन सकेनौं ।’
नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ ।आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो । डा. यादवको नाम पनि विशेष पर्यवेक्षकको रुपमा सिफारिस भएको आयोगबाट अस्विकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज