काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १२.२७ अर्थात ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।
सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम सीमित भए पनि अधिकांश कम्पनीको सेेयर मूल्य भने बढेको छ ।
आज २२२ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।आज एक कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो भने थप ६ कम्पनीको सेयर मूल्य ५ प्रपितशत भन्दाबढीले वृद्धि भयो । आज जलपा सामुदायिक लघुवित्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
यस्तै माहुली लघुवित्तको शेयर मूलय ७.७७ प्रतिशतले बढ्यो । दोस्रो बजारमा हिमालयन ऊर्जा विकास कम्पनी र स्वरोजगार लघुवित्त लगायतका कम्पनी लगानीकर्ताले भने बजारबाट गुमाउन पुगे । आज यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से २८५८ अंकमा, १३ अर्ब ७ करोडको कारोबार
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार