काठमाडौँ । कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले के भनेर भोट मागिरहेको हो भनेर प्रश्न गरेको छ । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर प्रतिपक्षी दलका अध्यक्ष ओलीको आलोचना गरेका हुन् ।
ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधिसभा विघटन गरेको सन्दर्भ उल्लेख गर्दै कांग्रेस प्रवक्ता महतले के मुखले भोट माग्नुहुन्छ भन्दै एमाले अध्यक्ष ओलीलाई प्रश्न गरेका हुन् ।
आर्थिक सुशासन, विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, संविधान निर्माण, कानुनको शासनको कोणबाट उहाँ असफल हुनुहुन्छ । उहाँको नेतृत्व असफल हो । के मुखले भोट माग्दै हुनुहुन्छ ? उनले भने ,पाँच वर्षका लागि निर्वाचित सरकारको नेतृत्वले साढे ३ वर्षमै २ पटक हात उठायो । पुनःस्थापना भएपछि फेरि विघटन । फेरि पनि पुनःस्थापना भएपछि कांग्रेस आउनुपर्यो ।
नेकपा नेतृत्वको सरकार भएका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेका थिए । दुवै विघटनलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।
पत्रकार सम्मेलनका क्रममा अधिकांश समय ओलीको आलोचनामा खर्चिएका प्रवक्ता महतले यसअघिको सरकारको पालामा भ्रष्टाचार भएको पनि बताए । उहाँले विकास, सुशासन, भ्रष्टाचारमुक्त समाजको कुरा गर्न मिल्छ ? कमिसनलाई पर्खिँदा(पर्खिदाँ कसले बढी दिन्छ भन्ने बाटोमा जाँदा मुलुकको बेहाल भएको छ ।
कांग्रेस सरकारको नेतृत्वमा आउनेबित्तिकै नेपालप्रति अन्तर्राष्ट्रिय विश्वसनीयता बढेको महतको भनाइ थियो । अनुदान बढ्न लागेको र ऋण घट्न थालेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता
ओलीलाई सिंहदरवारभन्दा बालुवाटार नै प्यारो
ओली र देउवाबीच भेटवार्ता
ओली, देउवा र प्रचण्ड एकैठाउँमा