मोरङ । विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ