आईपीएलमा चम्किए नेपाली खेलाडी सन्दीप, सन्दीपको ३ विकेटसँगै दिल्ली डेयरडेभिल्सको जित

सोमबार, ०७ जेठ २०७५, ०८ : ०६
आईपीएलमा चम्किए नेपाली खेलाडी सन्दीप, सन्दीपको ३ विकेटसँगै  दिल्ली डेयरडेभिल्सको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ११ रनले हराएको छ । यस हारसँगै  मुम्बई इन्डियन्सको प्लेअफमा पुग्ने सम्भावना पनि समाप्त भएको छ ।

१७५ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको मुम्बईले १९.३ ओभरमा १६३ रनमा अलआउट भयो । मुम्बईका लागि इभिन लुईसले ४८ रन बनाए । बेन कटिङले ३७ र हार्दिक पाण्ड्याले २७ रन बनाएपनि जित दिलाउन भने सकेनन् ।

दिल्लीका लागि सन्दीप लामिछाने र अमित मिश्र र हर्षल पटेलले समान ३–३ विकेट लिए । सन्दीपले पुरै चार ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, अमितले ४ ओभरमा कसिलो बलिङ गर्दै मात्र १९ रन खर्चेर ३ विकेट लिए । हर्षलले २.३ ओभर बलिङ गर्दै ३ विकेट लिए ।
यसअघि फिरोज शाह कोट्ला रंगशालामा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । दिल्लीका लागि रिसभ पन्तले ६४ रन बनाए । उनले ४४ बलमा ४ छक्का र ४ चौका प्रहार गरेका थिए । त्यस्तै, दिल्लीका लागि विजय शंकरले अविजित ४३ रन बनाए । ग्लेन म्याक्श्वेल भने २२ रनमा आउट भए ।  (एजेन्सी)

प्रतिक्रिया दिनुहोस