चितवन । भरतपुर महानगरपालिकाका मतदाताहरुले यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउने बताएका छन् । लोकतन्त्र र गणतन्त्रसगैँ संविधानको रक्षाका लागि गठबन्धन भएकोले यसपटक गठबन्धनलाई जिताउने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
गठबन्धन अन्तर्गत माओवादी केन्द्रबाट भरतपुर महानगरको नगर प्रमुख पदका उम्मेदवार रेनु दाहाल र काग्रेसबाट उपप्रमुख पदका उम्मेदवार चित्रसेनले भरतपुर महानगर नगरपालिका वडा नम्बर ९, २७, २८ मा घरदैलो गर्ने क्रममा मतदाताले प्रतिवद्धता जनाएका हुन् । गफ भन्दा पनि कामबाटै नतिजा दिने गठबन्धनको यो पटकको प्रतिबद्धता आफुलाई चित्त बुझेकोले पनि भरतपुरमा गठबन्धनको विकल्प नभएको उनीहरुको ठहर छ । उनीहरुले गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले बाटोघाटो शिक्षा, स्वास्थ्य र जनताको आधारभुत आवश्यकतालाई पुरा गर्दै गौरवका आयोजना समेत ल्याउन सफल देखिएकोले फेरि पनि रेनु दाहालललाई जिताउनुको विकल्प नभएको बताएका छन् ।
सो क्रममा नगर प्रमुखका उम्मेदवार रेनु दाहालले विगतमा भरतपुरका जनताले विकासको रेखा कोरेको देखेकोले अब नमुना भरतपुर बनाउन अत्याधिक मतका वियी गराउन अपिल गरिन् । उनले भरतपुरलाई दक्षिण एसियाली मापदण्डको सहर बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिकी छिन् । मुलुकमा खासखास समस्या आउँदा समस्याको समाधान गर्न नेपाली कांग्रेससहितको अहिलेको पाँच दल गठबन्धनमा आएको भन्दै प्राप्त उपलब्धीको रक्षाका लागि पुनः सबै एक ठाउँ आउनुपरेको उनले बताइन् ।
गठबन्धनका उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीले भरतपुरमा धेरै कामको शुभारम्भ भएको र त्यसको पूर्णताका लागि गठबन्धनको जित आवश्यक रहेको बताए । अधिकारीले सुरक्षित भरतपुर शहर बनाउने प्रतिवद्धता ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना