वीरेन्द्र बहुमुखी क्याम्पसमा कर्मचारीको स्वागत तथा विदाई सम्पन्न

आइतबार, ०६ जेठ २०७५, १६ : ४२
वीरेन्द्र बहुमुखी क्याम्पसमा कर्मचारीको स्वागत तथा विदाई सम्पन्न

-प्रकाश आचार्य
चितवन । वीरेन्द्र बहुमुखी क्याम्पसमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको विदाई समारोह आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । त्रि.वि. कर्मचारी संघ, एकाई समिति, वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा भएको ‘स्वागत, सम्मान एवम् बिदाई समारोह’ मा सह–पुस्तकालयध्यक्ष पदमा पदोन्नति भई सरुवा भई जानुभएका रुद्रबहादुर बोहोरा पुनः काज सरुवा भई आउनुभएकोमा स्वागत गरिएको थियो भने बुटवल क्याम्पसमा सरुवा भई आउनुभएको कार्यालय सहयोगी अमृत कार्कीलाई समेत स्वागत गरिएको थियो । त्यसैगरी प्राध्यापनतर्फबाट कर्मचारीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यले प्रशासनिक सेवा अर्थात् सहायक क्याम्पस प्रमुखमा नियुक्ति हुनुभएका अर्जुनप्रसाद सापकोटा, कन्हैयालाल गुप्ता, कृष्ण कँडेल, थानेश्वर सापकोटा तथा रमेशकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसैगरी विगत लामो समयदेखि कार्यरत विजयराज पण्डित, शंकरप्रसाद रेग्मी, शेरबहादुर रेग्मी क्षेत्री र गमबहादुर तामाङलाई कार्य दक्षताको उच्च मूल्याड्ढनसहित बिदाई गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस प्रमुख गोविन्द सापकोटाले आगन्तुक कर्मचारीलाई स्वागत गर्नुका साथै बिदाई हुनुभएका कर्मचारीहरुलाई सम्मान–पत्रसहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख अतिथि गोविन्द सापकोटाले आफ्नो पदीय मर्यादालाई ख्याल गर्दै आफ्नो क्षमताले भ्याएसम्मको सेवा प्रदान गर्नुभएकोमा धन्यवाद दिँदै ‘बाँकी जीवन सामाजिक क्षेत्रमा सुखमय तवर बितोस्’ भन्ने कामना गर्नुभएको थियो । कार्यक्रममा अतिथिको रुपमा सहायक क्याम्पस प्रमुख अर्जुनप्रसाद सापकोटा, शाखा प्रमुख सुबोधमान श्रेष्ठ, सह–पुस्तकालयाध्यक्ष रुद्रबहादुर बोहोरा, कर्मचारी संघका पूर्व सभापतिहरु मध्येबाट राजेन्द्रसाद पोखरेल, निवर्तमान सभापति खिलबहादुर अधिकारी, बिदाईका पात्रहरु मध्येबाट शंकरप्रसाद रेग्मीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहायक क्याम्पस प्रमुखहरु कन्हैयालाल गुप्ता, कृष्ण कँडेल, थानेश्वर सापकोटा, रमेशकुमार श्रेष्ठ, विभिन्न शाखामा कार्यरत शाखा अधिकृतहरु, कर्मचारी संघका पदाधिकारी तथा सदस्यहरु एवम् क्याम्पसमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको सो कार्यक्रम संघका कोषाध्यक्ष मिरा तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसैगरी संघका सचिव सविना पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व कर्मचारी संघका सभापति महेन्द्रप्रसाद अधिकारीले गर्नुभएको थियो । साथै कार्यक्रममा दिवंगत कर्मचारीहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस