काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक आज बस्ने भएको छ । राजनीतिक समितिको बैठक मिति तथा देशको समसामयिक राजनीतिक विषमयमा छलफल गर्नका लागि आज २ बजे बैठक बस्न लागेको राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले जानकारी दिए ।
यसअघि जेठ ४ गते पनि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको निवासमा बैठक बसेको थियो । तर, सो बैठकमा अध्यक्ष मण्डलका दुईजना अनुपस्थित भएपछि कुनै निर्णय हुन नसकेको अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले जानकारी गराए । अध्यक्ष मण्डलका ६ जना रहेका छन् । संयोजक ठाकुरको निवासमा बसेको बैठकले नै आजको लागि बैठक तय गरेको थियो ।
राजनीतिक समितिको बैठकबाट संसद दलको नेता चयन गर्नुको साथै महाधिवेशनको मिति तय गर्ने लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । त्यही एजेण्डाको विषयमा अध्यक्ष मण्डलको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस