अफिसमा निन्द्रा लाग्छ ? निदाउने बानी यसरी बदल्नुहोस् !

आइतबार, ०६ जेठ २०७५, १३ : ०६
अफिसमा निन्द्रा लाग्छ ? निदाउने बानी यसरी बदल्नुहोस् !

स्वस्थ भएर बाँच्न शरीरलाई ऊर्जाको आवश्यकता पर्छ । शरिरलाई फुर्तिलो र स्वस्थ राख्न निन्द्रा अति नै आवश्यक पर्छ । कतिपय अवस्थामा शरिरमा ऊर्जा नहुँदा लामो समयसम्म उभिन सकिदैन र ओछ्यान वा आराम गर्ने ठाँउ देख्ने वित्तिकै ढल्न मन लाग्छ । तर केही मनिसको भने प्राय निदाउने वा झुल्ने आदत हुन्छ । कार्यलमा काम गर्दा वा समारोहमा सहभागी हँुदा उनीहरु सार्वजनिक रुपमै झुल्ने गर्छन् जसका कारण उनीहरुलाई लज्जाबोध हुने गर्छ । यदि तपाईलाई यस्तै निदाउने समस्या छ भने केही व्याबहारिक टिप्स पालना गर्न सक्नुहुन्छ ।

 1. दिउसो खाना खाएर अफिस जाँदा निन्द्रा लाग्नु कुनै अनौठो कुरा होईन तर त्यस्तो बेलामा तपाईले कानमा हेडफोन लगाएर गीत सुन्दै काम गर्दा निन्द्रा भगाउन सक्नुहुन्छ ।
2. आफुले काम गरिरहेको स्थान भन्दा बाहिर सुर्यको किरण आउने ठाउँमा जानुस र लामो स्वास लिनुस या झ्यालको छेउमा गई केहि समय बाहिरि वातावरण अवलोकन गर्नुस त्यसो गर्दा निन्द्रा भगाउन सकिन्छ ।
3. अफिसमा तपाईलाई अत्याधिक निन्द्रा लाग्छ भने तपाईले अमिलो स्वादको चकलेट या चिसो आईसको बरफलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।
4. कुनै वास्नादार चिजको वासना लिन सक्नुहुन्छ ताकि तपाईलाई त्यसले अलर्ट गरिराखोस र तपाईलाई अनावश्यक लाग्ने निन्द्रा हटाउन सकियोस ।
5. आजकल प्रयाजसो अफिसमा इन्टरनेट अवस्य पनि हुनेगर्छ त्यसैले इन्टरनेटमा निन्द्रा लागेको समयमा गेम खेलेर पनि तपाईले निन्द्राको सदुपयोग गर्न सक्नुहुन्छ ।
6. निन्द्रा तीव्र लाग्यो तर अफिसमा काम मारामार छ भने त्यस्तो बेला तपाईले त्यस्तो साथिलाई फोन गर्नुस जसले तपाईलाई धेरै भन्दा धेरै हसाउन सक्छ जसका कारण तपाईलाई लागिरहेको निन्द्रा तुरुन्त गायव हुन्छ र तपाई क्षणभरमा फुर्तिलो हुन सक्नुहुन्छ ।

सामान्य जिवनशैली तथा आनिवानीमा सुधार गर्ने, पर्याप्त व्यायाम गर्ने, तथा सन्तुलित भोजन गर्ने गरियो भने दिउसोमा बढि निन्द्रा लाग्ने समस्या हट्छ ।

 

प्रतिक्रिया दिनुहोस