शान्तिका पाइलाहरुबाट एक दर्जन कविता

शनिबार, ०५ जेठ २०७५, १७ : २३
शान्तिका पाइलाहरुबाट एक दर्जन कविता

चितवन । पहिलो कृति खलंगामा हमलाबाट मदन पुरस्कार प्राप्त गर्न सफल साहित्यकार राधा पौडेल अब कविको कित्तामा पनि उभिएकी छिन् । शान्तिका पाइलाहरु कविता संग्रहको प्रकाशनसँगै पौडेलले आफूलाई कविको कित्तामा उभ्याएकी हुन् ।
चितवनको भरतपुरमा शनिबार आयोजित चियासँग कविताको ४४औँ श्रृंखलामा कवि पौडेलले शान्तिका पाइलाहरु कविता संग्रहबाट एक दर्जन कविता सुनाइन् । पहिलो चरणमा ६ वटा कविता सुनाएकी पौडेलले दोस्रो चरणमा महिनावारीको रगत, बाटुली, मेरो लोग्ने लगायतका कविता सुनाइन् । पहिलो चरणमा पौडेलले वाचन गरेका कवितामाथि समीक्षक उदय अधिकारीले टिप्पणी गर्दै पौडेलका कवितामा पुरुषहरु अटाउन नसकेको टिप्पणी गरे ।
दोस्रो चरणपछि पौडेलका समग्र कवितामाथि कवि भूपिन, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, समालोचक रमेश प्रभात, कवि तथा गीतकार नमुना शर्मा, पौडेलका गुरु बोधराज रेग्मी, सहपाठी इन्दिरा चापागाईं लगायतले प्रतिक्रिया व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस