एमालेले हेटौंंडामा आयोजना गर्ने सभालाई ओलीले सम्बोधन गर्ने

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १२ : ३७
एमालेले हेटौंंडामा आयोजना गर्ने सभालाई ओलीले सम्बोधन गर्ने

काठमाडाैँ । नेकपा (एमाले)ले हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा यहि बैशाख १८ (भोलि)गते चुनावी आमसभा गर्ने भएको छ । बैशाख १८ गते हेटौंडा उपमहानगरपालिकास्थित हुप्राचौर परिसरमा उपमहानगर  स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले मकवानपु जिल्लाका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । 

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भने । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल  र्याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपि शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने अध्यक्ष श्रेष्ठले बताए । 

प्रचार समितिका संयोजक धुब्रप्रसाद चौलागाईका अनुसार पार्टी प्रवेश कार्यक्रमसमेत हुने बताए । उनले कार्यक्रममा तीन सय जनाको स्वयंसेवक परिचालन गरिने जानकारी दिए । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमाले पार्टी कार्यालयले जनाएको छ ।

 हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि एमालेबाट अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले  । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस