४५ संघसंस्थाले भने– केशव स्थापितलाई कारवाही गर्नू, मेयरको उम्मेदवारी रद्द गर्नू

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, ११ : ३५
४५ संघसंस्थाले भने– केशव स्थापितलाई कारवाही गर्नू, मेयरको उम्मेदवारी रद्द गर्नू

काठमाडाैँ । नेकपा एमालेबाट काठमाडौं मेयरका उम्मेदवार भएका केशव स्थापितलाई कारवाही गर्न मानवअधिकार संघसंस्थाहरुले माग गरेका छन् । मिटूको आरोपबारे प्रश्न गर्दा उनले सार्वजनिक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।

त्यसैलाई आधार बनाएर ४५ संघसंस्थाले उनीमाथि कारवाही गर्न माग गरेका हुन् । यी संघसंस्थाले सार्वजनिक स्थानमा नै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेकाले पार्टीले तत्काल कारवाही गर्नु पर्ने माग गरेका हुन् । उनको मेयरको उम्मेदवारीसमेत रद्द गर्नु पर्ने माग उनीहरुको छ ।

यसअघि २०५४ सालमा मेयर हुँदा उनले काठमाडौं महानगरपालिकाकै कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ । यो आरेपबारे प्रश्न गर्दा स्थापितले बारम्बार उत्तेजक जवाफ दिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस