एजेन्सी । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो समयमा यहाँ चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस सहरमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ ।चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ ।
चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।पछिल्ला हप्ताहरुमा चीनको सांघाइ सहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन् । सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ ।
यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १६ बैशाख २०७९, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
राष्ट्रपतिले चीनको एससिओको शिखर सम्मेलनमा भाग लिन जान किन मानेनन् ?
चीनमा ७ हजार नाघे चिकुनगुनिया भाइरस संक्रमित
नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा