काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्ट रहेका १० खेलाडीले पत्रकार सम्मेलन गरेका छन् । खेलाडी र प्रशिक्षक अब्दुल्लाहबीचको विवाद बाहिर आएसँगै कप्तान किरणकुमार लिम्बू आफ्ना सहकर्मीको पक्षमा देखिएका थिए । त्यसको भोलिपल्ट नै खेलाडीले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका हुन् ।
यसअघि एसियन कप २०२३ छनोटका लागि खेलाडी राखिएको होटेलको विषयमा रक्षक रोहित चन्दले प्रशिक्षक अब्दुल्लाहसँग कुरा राख्दा उनले टिमबाट निकाल्ने प्रयास गरेसँगै अन्य १० खेलाडीले सहमति जनाउँदै होटेलसहित टिम अभ्यास सत्र छाडेका थिए ।
'हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियौं । समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौं भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौं,' खेलाडीले भनेका छन्, 'टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर, सार्वजनिक रूपमा नै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
लुम्बिनीले रिटेन गर्यो रोहितसहित ६ खेलाडी
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
खेलाडी बोकेर पोखरा विमानस्थलमा उत्रियो चिनियाँ चार्टर विमान
थप दुई क्रिकेट खेलाडीले तलब पाउने