काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ । आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको जनाएको छ । आयोगका अनुसार २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको छ ।
आयोगले बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेलधुरामा मतपत्र पठाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा पनि मतपत्र पठाइएको छ । पठाइएका मतपत्र केही दिनभित्रै सम्बन्धित पालिकामा पुगिसक्ने उनले जानकारी दिए।
वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो । निर्वाचनका लागि कुल १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगले गरेको छ । आयोगले यसअघि नै निर्वाचन सम्बन्धी अन्य सामग्रीसमेत ढुवानी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
निर्वाचन आयोगले यी ३ जना उम्मेदवारलाई सोध्यो स्पष्टीकरण
आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह