काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि ८८ प्रतिशत मतपत्र छापिसकेको बताएको छ । आयोगले २२ जिल्लामा मतपत्र पठाउने कामसमेत सम्पन्न गरिसकेको जनाएको छ । आयोगका अनुसार २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको छ ।
आयोगले बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेलधुरामा मतपत्र पठाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका अनुसार प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा पनि मतपत्र पठाइएको छ । पठाइएका मतपत्र केही दिनभित्रै सम्बन्धित पालिकामा पुगिसक्ने उनले जानकारी दिए।
वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो । निर्वाचनका लागि कुल १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगले गरेको छ । आयोगले यसअघि नै निर्वाचन सम्बन्धी अन्य सामग्रीसमेत ढुवानी गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द
समानुपातिक सांसदलाई चैत पहिलो साताभित्र प्रमाणपत्र दिने आयोगको तयारी