सन्दीप उत्कृष्ट प्रदर्शनसँगै दिल्लीको जित, चेन्नाई ३४ रनले पराजित

शनिबार, ०५ जेठ २०७५, ०८ : ३३
सन्दीप उत्कृष्ट प्रदर्शनसँगै दिल्लीको जित, चेन्नाई ३४ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सलाई दिल्ली डेयरडेभिल्सले ३४ रनले पराजित गरेको छ । दिल्लीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाई पराजित भएको हो ।

१६३ रनको मध्यम स्कोर पछ्याउदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२८ रन मात्रै बनाउन सक्यो । चेन्नाईका लागि आम्बत्ती रायुडुले ५० र रविन्द्र जडेजाले अविजित २७ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन नसक्दा हार ब्यहोरेको हो ।

दिल्लीका लागि अमित मिश्र र टे«न्ट बोल्टले समान २–२ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र हर्षल पटेलले समान १–१ विकेट लिए । सन्दीपले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २१ रन मात्र खर्चेर १ विकेट लिए ।

दिल्लीले यसअघि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । दिल्लीका लागि रिशव पन्तले ३८ रन बनाए । त्यस्तै, विजय शांकर र हर्षल पटेलले समान ३६–३६ रन बनाउदै दिल्लीलाई उकासेका थिए । दिल्लीका लागि श्रेयस लायरले १९ रन बनाए भने अर्का ओपनर पृथ्वी शावले १७ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस