नयाँ दिल्ली । दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् । उक्त घटनालाई लिएर प्रहरीमा उजुरी गरिएको छ ।
रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियाले बताए । यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाईभोल्टेजको तारसँग छोइएको थियो । सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए । -एजेन्सी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ बैशाख २०७९, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु