एजेन्सी । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घण्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ ।
यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ । हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन् । चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ । चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ ।
यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ । ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ बैशाख २०७९, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनद्वारा नयाँ उपग्रह ‘याओगान-४७’ प्रक्षेपण
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास