चितवन विकासमा प्रचण्ड : भरतपुर–रामपुर–चनौली सडक खण्ड निर्माणका लागि आठ करोड रुपैयाँ बराबरको नयाँ योजना

शुक्रबार, ०४ जेठ २०७५, १८ : ४४
चितवन विकासमा प्रचण्ड : भरतपुर–रामपुर–चनौली सडक खण्ड निर्माणका लागि  आठ करोड रुपैयाँ बराबरको नयाँ योजना

चितवन । भरतपुर–रामपुर–चनौली सडक खण्ड निर्माणका लागि भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयको बजेट रकमान्तर गरी वजेट परेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड'को पहलमा अर्थमन्त्रालयबाट आठ करोड रुपैयाँ बराबरको नयाँ योजना भित्रिएको  चितवन क्षेत्र नं.३ अन्तर्गत प्रचण्डकी स्वकिय सचिव निशा न्यौपानेले जानकारी दिईन् ।  जिल्लामा अन्य धेरै विकास योजनाहरु सिफारिस गरेको बताउदै सचिव न्यौपानेले वैदेशिक साझेदारी अन्तरगतको बहुवर्षिय आयोजनाका लागि रकम विनियोजन गरिएको र १७ करोड रकम आउने निश्चित भएको समेत जानकारी गराईन् ।
अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका शाखा अधिकृत मनोज रेग्मीले दिएको जानकारी अनुसार भरतपुर–रामपुर–चनौली सडक खण्ड निर्माणको बजेट यसै आर्थिक बर्षको असार भित्र सक्ने गरि स्वीकृत गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस