सेयर बजार निरन्तर ओरालोतिर: दोहोरो अंकले नेप्से घट्‍दा कारोबार १ अर्बमा सिमित

सफल खबर संवाददाता

मंगलबार, १३ बैशाख २०७९, १६ : ४४
सेयर बजार निरन्तर ओरालोतिर: दोहोरो अंकले नेप्से घट्‍दा कारोबार १ अर्बमा सिमित

काठमाडौं । सेयर बजारमा आएको सुस्तता कारोबारको तेस्रो दिन मंगलबार पनि जारी रह्यो। नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम १ अर्बमा खुम्चियो। सोमबार नेप्से परिसूचक ३४.९५अंकले घटेको सेयर बजारमा दुई अर्ब ४२ करोडको सेयर कारोबार भएको थियो।

आज २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कित्ता सेयर १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँमा सेयर कारोबार भयो। कूल २५ हजार ७६६ पटक कारोबार भयो। जलपा सामुदायिक लघुवित्त वित्तियको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो।

कारोबारको आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४ करोड २१ लाख बढीको कारोबार भयो। अपी पावर र नेष्डो समृद्ध लघुवित्त वित्तीय क्रमश दोस्रो र तेस्रो स्थानमा रहे। कारोबारमा  आएका १३ समूहमध्ये २ को मात्र सूचक बढ्यो। म्युचुअल फन्ड र मनु एन्ड प्रोको क्रमश १.६२ र ०.२९ प्रतिशतले सूचक बढेको हो। यसदिन हाइड्रो पावरको सर्वाधिक १.४९ प्रतिशतले सेयर मूल्य घट्दा इन्भेष्टमेन्टको १.३९, डेभलपमेन्ट बैंकको १.०१ प्रतिशतले घट्यो।

अन्य समूहको ०.१२ देखि ०.९९ प्रतिशतसम्म मूल्य ओरालो लाग्यो।

प्रतिक्रिया दिनुहोस