धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा गएराती ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिदा तीन जनाकै मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीन जनाकै सनाखत हुन बाँकी रहेको छ ।
सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराती साढे २ बजे लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ बैशाख २०७९, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु