प्राविधिकतर्फका १६ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

सफल खबर संवाददाता

विहीबार, १४ जेठ २०८३, ०८ : ३६
प्राविधिकतर्फका १६ जना  इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहमा कार्यरत १६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार उनीहरुको सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार प्राविधिक तर्फको स्वास्थ्य उप-समूह (चिकित्सक) बाट ९ जना इन्स्पेक्टरहरू डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

यस्तै, स्वास्थ्यकै नर्सिङतर्फ २ जना डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। त्यसैगरी, इन्जिनियरिङ (सूचना प्रविधि) उप-समूहतर्फ ५ जना इन्स्पेक्टरहरू डिएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।

प्रतिक्रिया दिनुहोस