काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान खहरे चोकबाट पेप्सीकोला तर्फ जाँदै गरेको बा.५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार ओखलढुंगाको सुनकोशी–६ घर भएका ३२ वर्षीय कमल आले मगर र २१ वर्षका गोपाल आले मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक मध्ये एकजना चालक हुन् । तर, कसले मोटरसाइकल चलाएका थिए भन्ने खुल्न सकेको छैन् ।
दुर्घटनापछि उपचारको क्रममा ट्रमा सेन्टरमा उनिहरुको मृत्यु भएको हो । उनिहरु दुवैजना बौद्धको नयाँ बस्तिमा बस्दै आएका थिए । दुर्घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते