काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् ।
अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।
उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए।
यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताए ।
मन्त्री झाँक्रीसँगै कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी हुनेछन् ।
मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
मलाई स्पष्टीकरण सोधिएको छैन, म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण
अर्ली महाधिवेशनबाट अध्यक्ष फेरौँ, सिनो काँधमा बोकेर हिँड्न सकिँदैन: रामकुमारी झाँक्री
यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँः रामकुमारी झाँक्री