एजेन्सी । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगितामा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ ।
११६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा डेविड वार्नरले ३० बलमा सर्वाधिक ६० रन बनाए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा मात्र ११५ रन बनाएको थियो ।पन्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २(२ विकेट लिए ।
जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ जितसहित समान अंकसहित आठौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ बैशाख २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने