एजेन्सी । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगितामा पन्जाब किंग्सलाई ९ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको छ ।
११६ रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले १० ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा डेविड वार्नरले ३० बलमा सर्वाधिक ६० रन बनाए ।
यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले २० ओभरमा मात्र ११५ रन बनाएको थियो ।पन्जाबका जितेश शर्माले सर्वाधिक ३२ रन बनाए । दिल्लीका खलिल अहमद, ललित यादव, अक्षर पटेल र कुलदीप यादवले २(२ विकेट लिए ।
जितपछि दिल्ली ६ खेलबाट तीन जितसहित ६ अंक जोडेर छैटौं स्थानमा छ । पन्जाब ७ खेलमा ३ जितसहित समान अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ बैशाख २०७९, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी