महोत्तरी । हालै मात्र नेकपा (एमाले) मा प्रवेश गरेका बर्दिबास नगपालिका ७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए ।
तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।
एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निर्णयअनुसार मेयरको उम्मेदवारमा टेकबहादुर बलाम्पालाई पहिलो र फाल्गुनलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ । दुबै पूर्वमाओवादी हुन् ।
एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरको अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन