महोत्तरी । हालै मात्र नेकपा (एमाले) मा प्रवेश गरेका बर्दिबास नगपालिका ७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए ।
तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।
एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निर्णयअनुसार मेयरको उम्मेदवारमा टेकबहादुर बलाम्पालाई पहिलो र फाल्गुनलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ । दुबै पूर्वमाओवादी हुन् ।
एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरको अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ बैशाख २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
आगजनीमा हाम्रो संलग्नता छैन, कुनै कार्यकर्ता संलग्न भेटिए कडा कारवाही होस् : माओवादी
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादीले गर्यो भर्त्सना
माओवादीद्वारा पूर्ण पदाधिकारी बैठक आह्वान
पालुङटारकी नेसपा नेतृ सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश
सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको माओवादीको निष्कर्ष