काठमाडौं । इजरायली सेनाले कब्जा गरेको पूर्वी जेरुसेलमको अल अक्सा मस्जिदमा छापा मार्दा कम्तिमा १ सय ५८ जना प्यालेस्टाइनी घाइते भएका छन् ।
सेनोले सो मस्जिदबाट सयौंको संख्यामा रहेका प्यालेस्टाइनीलाई नियन्त्रणमा लिएको अधिकारीहरुले जनाएका छन् । बिहानको प्रार्थनाका लागि मस्जिदमा भेला भएको बेलामा सेनाले छापा मारेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सुरक्षाकर्मी पुगेलगत्तै मस्जिदमा रहेका प्यालेस्टाइनीहरुले ढुंगामुडा गरेको सेनाको दावी छ ।
स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्यास र ग्रेनेडहरु प्रहार गरेको बताइएको छ । सो मस्जिदमा एक वर्षयता भएको सबै भन्दा ठूलो आक्रमण भएको अधिकारीहरुले जनाएका छन् । अल अक्सामा सुरक्षाकर्मीको उपस्थितिलाई प्यालेस्टाइनीहरुले उत्तेजकको रुपमा हेर्दा बेला बेलामा झडप हुने गरेको छ ।
इजरायली प्रहरीले घटनास्थलबाट तीन सय भन्दा बढी प्यालेस्टाइनीलाई पक्राउ गरेको दावी गरेको छ । तर प्रदर्शनकारीले चार सयको हाराहारीमा पक्राउ परेको दावी गरेका छन् । प्रहरीले भने मस्जिदमा आक्रमण भएलगत्तै त्यसको नियन्त्रणका लागि आफूहरुले बल प्रयोग गरेको प्रतिक्रिय दिएका छन् ।
सो मस्जिदमा करिब ६० हजार मानिस प्रार्थनाका लागि भेला भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ बैशाख २०७९, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमास युद्धविराम वार्ता सफलता बिना नै टुङ्गियो
इजरायलमाथि यमनको ‘हूथी समूह’ को मिसाइल आक्रमण
युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इजरायल, अमेरिका र इरान सबैले युद्ध जितेको दाबी, तर साँच्चै जित्यो कसले ?
इजरायलमाथि पहिलोपटक इरानद्वारा खैबर-शाकान ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार