जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् ।
जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ ।
जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ । अन्य विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ