५ लाख घुस सहित जनकपुर मालपोतका निमित्त प्रमुख झा पक्राउ

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, ०९ : ४८
५ लाख घुस सहित जनकपुर मालपोतका निमित्त प्रमुख झा पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् ।

जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ । 

जग्गाको हकछाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा मुचुल्का उठाई रहेको छ । अन्य विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस