भरतपुर महानगरका शिक्षकसंग शिक्षा मन्त्रीको छलफल, शिक्षाको विकासमा महानगरले गरेको कामको प्रशंसा

प्रकाश सिग्देल

आइतबार, २७ चैत्र २०७८, १८ : ३७
भरतपुर महानगरका शिक्षकसंग शिक्षा मन्त्रीको छलफल, शिक्षाको विकासमा महानगरले गरेको कामको प्रशंसा

चितवन । भरतपुर महानगरपालिकाले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री दवेन्द्र पौडेल संग समसामयीक शैक्षिक सवालमा अन्तरक्रिया गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा महानगरका निजि तथा सामुदायीक बिद्यालयका अगुवाहरु बिच शैक्षिक विकासका बिषयमा छलफल भएको हो ।

कार्यक्रममा महानगर अन्त्रगतका निजि तथा सरकारी बिद्यालयका शिक्षक तथा प्रअहरुले संघिय एन संसोधन नभएकाले सरकारले छिटो भन्दा छिटो शिक्षक महासंघले दिएका सुझावलाई कार्यान्वयन गरेर नयाँ शिक्षा एन चाडै जारी गर्न आग्रह गरे । संघिय एन संसोधन गरी शिक्षामा देखिएका विकाराल समस्या समाधान गर्नु पर्ने उनिहरुको भनाई थियो । त्यस्तै उनिहरुले शिक्षक छनोट प्रक्रिया प्रभावकारी बनाउनु पर्ने, राम्रा राम्रा योग्य मानिसलाई शिक्षामा आक्रषण गर्न सक्नु पर्ने, सामुदायीक बिद्यालयमा प्रयाप्त बिषयगत शिक्षकको नियुक्ति गर्नु पर्ने , प्रभावकारी तालिम दिईनु पर्ने र अन्य कर्मचारी सरह शिक्षकलाई समान ब्यवहार गरिनु पर्ने बताएका थिए ।

कार्यक्रममा भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले शिक्षा संघिय शिक्षा एन परिमार्जन नहँुदा स्थानियतको शैक्षिक विकासमा असहजता भएको भन्दै चाडै एन परिमार्जन गर्न मन्त्रिलाई सुझाव दिए  ।

कार्यक्रममा भरतपुरानगर प्रमुख रेनु दाहालले महानगरको शैक्षिक विकासमा महानगरले १५ प्रतिशत बढि बजेट बिनियोजना गरि काम गरिरहेको बताईन् । यहाको शिक्षाको सुधारमा धेरै राम्रो प्रतिफल आएको बताउँदै दाहालले महानगरका बिद्यालयमा ७ हजार नया बिद्यार्थी संख्या थप्न सफल भएको दाबी गरिन । बिद्यालय सुधार संगै शैक्षिक सुधारमा महानगरमा नमुना काम भएको दाहालको भनाई थियो ।  

कार्यक्रममा भरतपुर महानगर उपप्रमुख पार्वति शाह ठकुरीले प्रदेश र संघले बेलामा एन कानुन र कार्यविधी नबनाउँदा काम गर्न केही समय जटिलता भएको बताईन् । असहजताका बाबजुत पनि आफुहरुले स्थानिय एन कानुन बनाएर महानगरमा धेरै काम गर्न सफल भएको उनको भनाई थियो ।

 कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुबेदीले संघियतालाई चिन्ने शिक्षा ऐन आवस्यक रहेको बताए । संबिधानले ब्यवस्था गरे अनुसार माध्यामिक तह सम्मको शिक्षा स्थानिय तहलाई दिएकाले स्थानिय तहलेनै बिद्यालय ब्यवस्थापन गर्न सक्षम रहेको बताउदैे उनले त्यसका लागि संघियता र गणतन्त्रलाई चिन्ने एन बनाउँन मन्त्री लाई आग्रह गरे । त्यस्तै उनले महनगरमा ५ वर्षको अबधिमा शिक्षामा धेरै राम्रो काम गरेको बताए । बजेट बिनियोजन, भौतिक पुर्वाधार, शिक्षक ब्यवस्थापन शिक्षक तालिम, निजि शैक्षिक संस्थाको समन्वय हरेक पक्षमा अनुकरणिय काम भएको दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री पौडेलले शिक्षा विकास र शिक्षकको हितका लागी आफुले सबै खाले निति नियम र योजना बनाएर काम गर्न तयार रहेको बताएका थिए ।

शिक्षकको सम्मान नभए सम्म शिक्षाको विकास नहुने भन्दै उनले शिक्षकको आत्म सम्मान हुने र शिक्षाको विकासले फड्को मार्ने गरी आफुले काम गरेको दाबी गरे । उनले महानगरको शैक्षिक विकासमा भरतपुर महानगरले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरे ।

 

प्रतिक्रिया दिनुहोस