काठमाडौं । बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २३ दशमलव ३२ अंकले घटेर २ हजार ४ सय २८ दशमलव ७५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २८ अंकले घटेको छ ।
केही दिन यता नेप्से परिसूचक लगातार ओरालो लागिरहेको छ । परिसूचक घट्दा त्यसको असर सेयर कारोबार रकममा समेत परेको छ । बुधबरा दिनभर भएका ३८ हजार १७८ कारोबारबाट २२६ कम्पनीका ४३ लाख ७२ हजार १७१ कित्ता सेयर किनबेच भएको छ । जसबाट कारोबार रकम १ अर्ब ९९ करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार