काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन हुनै नसक्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले गठबन्धन हुनै नसक्ने बताउदैं उनले एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढाल्ने अनि अहिले माओवादी केन्द्रसँग गठबन्धन गर्न लागेको हल्ला फिजाउनेहरुको भनाई गलत रहेको बताए ।
काँग्रेस, माओवादीसंग अन्य विषयमा कुराकानी, समिक्षा भएपनि चुनावी गठबन्धनका विषयका कुनै वार्ता, कुराकानी नभएको उनको भनाई थियो । उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताए । पोखरेलले फरक प्रसंगमा प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरेका थिए। प्रधानमन्त्रीको भ्रमण भारतप्रति भक्तिभाव देखाउनमा सीमित बनेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ चैत्र २०७८, १० : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूराजनीतिक संवेदनशीलतालाई ख्याल गर्नुपर्ने आवश्यकता छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी
चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक : ईश्वर पोखरेल
समान विकासका लागि विश्वका सभ्यताको आदान-प्रदान आवश्यक : ईश्वर पोखरेल