सुपक अधिकारीको ‘गड्यो प्यार दिलमा’ सार्वजनीक (भिडियोसहित)

एजेन्सी

आइतबार, २० चैत्र २०७८, ११ : १४
सुपक अधिकारीको ‘गड्यो प्यार दिलमा’ सार्वजनीक (भिडियोसहित)

चितवन । सुपक अधिकारीले पहिलो पटक नयाँ गीत बजारमा ल्याएका छन् ।अस्ट्रेलीयामा बसोबास गर्दै आएका पोखराका अधिकारीले पहिलो पटक माया प्रेमसँग सम्बन्धि ‘गड्यो प्यार दिलमा ’ बोलको गजल गीत सार्वजनिक गरेका हुन् । प्रेमीको मायामा एकोहोरो भएको विषयलाई गजलमा प्रस्तुत गरिएको छ । अधिकारी शब्द रहेको यो गजललाई थानेश्वर गौतमले संगीत र स्वर दिएका छन् ।

भिडियोमा प्रियाना आचार्य र प्रिन्सेस विश्वकर्माको मुख्य अभिनय छ । गीतलाई नरेन्द्र बियोगी एरेन्ज गरेका हुन् ।  एक दशक देखि पढाई र कामको क्रममा विदेशमा रहेका अधिकारी सानैदेखि लेखन कार्यमा सक्रिय भएपनि पहिलो पटक स्रोता माझ प्रस्तुती ल्याएका हुन् ।

उनले भने– धेरै गीतरगजलहरु डाईरीमा छन् यद्धपी पहिलो पटक गीत स्रोता माझ ल्याउन पाउँदा खुशी छु । उनको आफ्नै युटुभ च्यानल निर्वाण प्लसबाट गीतलाई सार्वजनिक गरेका हुन् । उनले आर्को गीत समेत बजार आउने तयारीमा रहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस