पेट्रोलियम पदार्थका डिपो खुले, इन्धन सहज

सफल खबर संवाददाता

आइतबार, २० चैत्र २०७८, ०८ : ०२
पेट्रोलियम पदार्थका डिपो खुले, इन्धन सहज

काठमाडौं । नेपाल आयल निगमले कमिशन रोकेको भन्दै गत शुक्रबारबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेर आन्दोलित व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।

योसँगै आज बिहान ८ बजेदेखि सम्पूर्ण डीपो सञ्चालनमा आएका छन् भने इन्धन सहज हुने भएको छ । पछिल्लो समय इन्डियल आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ तथा एलपी ग्याँसको मूल्य बढेर आएको भन्दै निगमले बिक्रेतालाई दिने कमिशन रोकेको थियो ।

तर, व्यवसायीले ढुवानी नै रोकेपछि शनिबार निगमले ४ बुँदे सहमति गरेको हो । नेपाल आयल निगम र राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सात दिनभित्र ढुवानी भाडा समायोजन गर्ने सहमति जुटेपछि आन्दोलनका कार्यक्रम  स्थगित भएको हो।

प्रतिक्रिया दिनुहोस