काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् ।
आज गृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल, मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए ।
‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले तपाईहरुले मलाई धेरै माया गर्नु भएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटमा तपाईहरुले मलाई अपार स्नेह माया र स्दभाव दिनुभएको छ' अध्यक्ष थापाले भने, 'चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरुको माया मैले जीवनभर बिर्सिन सक्दिन ।’
उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए ।
उनले आफु ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए ।
'कमल थापालाई राजीतिक रुपमा प्रहार गरेर घाईते बनाईएको छ । यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन,हामीले अलिकति भएपनि मलम लगाईदिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईहरु आउनुभएको छ । तपाईहरु सबैलाई फेरि पनि धन्यावाद दिन चाहान्छु ’ उनले भने ।
उनले मकवानपुरको दाजुभाइ दिदिबहिनिहरुको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए ।
अध्यक्ष थापाले आफूले गिताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए । उनले आफूले गिताको कसम खाएर कसम नतोडेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ चैत्र २०७८, २० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा