काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
नक्शालस्थित होटल मेरियटमा आज बिहान प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री यीबीच भेट भएको हो । त्यसक्रममा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी छन्।
चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनले शनिबार साँझै बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेका छन् ।
यसपछि त्यही होटलमा चिनियाँ विदेशमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप