काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।
शनिबार जारी पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा सन्दीपले ५० विकेट पूरा गरे हुन् । उनले १३ औं ओभरको पहिलो बलमा चाल्र्स अमिनीलाई ३५ रनमा एलबीडब्लू आउट गर्दै सफलता हात पारे । साथै सन्दीप ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलरसमेत बनेका छन् ।
ओडिआई क्रिकेट इतिहासमा भने सर्वाधिक छिटो ५० विकेट पुरा गर्ने श्रीलंका पूर्व स्पिनर अजान्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा पुरा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा