काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्वीकार गरे पनि अन्य दुई समूहले भने अनुमोदन गरेका छन् ।
सभापति देउवाले ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले शेर्पालाई निवासमै बोलाएर बधाई दिएका छन् ।
यसअघि शेर्पालाई निवासमै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिएका थिए । बधाई कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो । उता, शेर्पासहितको मनोनयनप्रति असन्तुष्टी जनाउँदै कोइराला समूहले १४ चैतमा अनुपम फूडल्याण्डमा वृहत भेलाको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति
योग्यताका आधारमा त्रिवि उपकुलपति नियुक्त गर्न नेविसंघको माग
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी