काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन । पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निराशा छाएको बताए ।
आज शनिबार राजधानीको बानेश्वरमा ‘घर घरमा जाउ कांग्रेस जिताउ’ अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताए ।नेपालका कम्युनिष्ठहरुको दोहोरो चरित्रका कारण देशमा अस्थिरता निम्तिएको बताउदै कांग्रेसले लिएको नीति र अडान कै कारण आजसम्मका हरेक राजनीतिक आन्दोलन सफल भएको र मुलुक अस्थिरतामा जानबाट जोगिएको नेता सिंहको तर्क छ । सत्तामा रहेकाहरुले देशको हितलाई ध्यानमा राखेर काम गरेमा नागरिकले चाहे अनुसारको सम्वृद्धि प्राप्त गर्न सक्ने उनको भनाई छ ।
गठबन्धनको विषयमा धेरै कुरा उठिरहेकाले कुन परिस्थितिमा गठबन्धन निर्माण भएको हो त्यो पनि बिर्सन नहुने भन्दै नेता सिंहले गठबन्धनको बिरोध गर्नु भन्दा पनि परिस्थिति ख्याल गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनको मुलुकको आवश्यकतालाई हेरेर स्थानीय निर्वाचनमा गठबन्धनबारे कांग्रेसको केन्द्रीय समितिले निर्णय गर्नु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह