काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नयाँ संसद् भवन निर्माणमा कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताएका छन् ।
आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए । तर सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरेको उनको भनाइ छ।
उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए । । कार्यवाहक प्रधानमन्त्री सिंहले भएका कमी कमजोरी सुधार गर्ने प्रतिबद्धता पनि जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०८२, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह
सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गराैँ : मन्त्री सिंह
आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ: प्रकाशमान सिंह
सरकारमा कांग्रेसका प्रकाशमान सिंह ‘डमी’ नेतृत्व !
नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह