काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए) को विवाद चर्किँदै गएको छ । संस्थापनले १० औं विश्व सम्मेलन शनिबार सुरु हुँदै गर्दा दुई शेष घले नेतृत्वमा यसअघि नै सम्मेलन भइसकेको छ ।
घले समूहले शनिबार संस्थापनले गर्न लागेको सम्मेलनलाई ‘राजनीतिक सम्मेलन’को संज्ञा दिएको छ। गैरआवासीय नेपाली संघ गैरराजनीतिक संगठन भएकाले राजनीतिक संगठन भएकालेृ त्यसको औचित्य नभएको घले समूहको भनाइ छ । ‘यो त राजनीतिक सम्मेलन भयो । गैरआवासीय नेपाली संघ त गैरराजनीतिक हो । तर, उनीहरुले राजनीतिक आडभरोसामा सम्मेलन गर्दैछन्’, घले पक्षीय एनआरएनएका एक पदाधिकारीले भने ।
ती पदाधिकारीले आफूहरु तिर ठूलो संख्यामा सच्चा एनआरएनएहरु एकताबद्ध हुने बताउँदै राजनीतिक झोला बोक्नेहरु आफै सकिने जिकिर गरे ।
घले समूहको विश्व सम्मेलनले विनोद कुँवरलाई अध्यक्ष चयन गरेको थियो । घलेले नयाँ एनआरएनए बनाएसँगै अन्ततः एनआरएनए दुई वटा बनेको छ । करिब १८ वर्ष लामो इतिहास बोकेको एनआरएनमा राजनीति हावी भएकै कारणले विभाजित बनेको बताइन्छ । घलेले एनआरएनए गैरराजनीतिक भएको भन्दै त्यसको अगुवाइ गरेर कुँवरको नेतृत्वमा संस्था खडा गरेका हुन् ।
यता संस्थापन समूहले भने घलेको महाधिवेनलाई अवैधानिक भन्दै शनिबारदेखि तय भएको सम्मेलन मात्रै आधिकारिक भएको जिकिर गरेको छ । ललितपुरको एक होटलमा हुने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?
एनआरएनए निर्वाचनः ५६ देशबाट ४ हजार ६५९ प्रतिनिधिको नाम दर्ता