काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएनए) को विवाद चर्किँदै गएको छ । संस्थापनले १० औं विश्व सम्मेलन शनिबार सुरु हुँदै गर्दा दुई शेष घले नेतृत्वमा यसअघि नै सम्मेलन भइसकेको छ ।
घले समूहले शनिबार संस्थापनले गर्न लागेको सम्मेलनलाई ‘राजनीतिक सम्मेलन’को संज्ञा दिएको छ। गैरआवासीय नेपाली संघ गैरराजनीतिक संगठन भएकाले राजनीतिक संगठन भएकालेृ त्यसको औचित्य नभएको घले समूहको भनाइ छ । ‘यो त राजनीतिक सम्मेलन भयो । गैरआवासीय नेपाली संघ त गैरराजनीतिक हो । तर, उनीहरुले राजनीतिक आडभरोसामा सम्मेलन गर्दैछन्’, घले पक्षीय एनआरएनएका एक पदाधिकारीले भने ।
ती पदाधिकारीले आफूहरु तिर ठूलो संख्यामा सच्चा एनआरएनएहरु एकताबद्ध हुने बताउँदै राजनीतिक झोला बोक्नेहरु आफै सकिने जिकिर गरे ।
घले समूहको विश्व सम्मेलनले विनोद कुँवरलाई अध्यक्ष चयन गरेको थियो । घलेले नयाँ एनआरएनए बनाएसँगै अन्ततः एनआरएनए दुई वटा बनेको छ । करिब १८ वर्ष लामो इतिहास बोकेको एनआरएनमा राजनीति हावी भएकै कारणले विभाजित बनेको बताइन्छ । घलेले एनआरएनए गैरराजनीतिक भएको भन्दै त्यसको अगुवाइ गरेर कुँवरको नेतृत्वमा संस्था खडा गरेका हुन् ।
यता संस्थापन समूहले भने घलेको महाधिवेनलाई अवैधानिक भन्दै शनिबारदेखि तय भएको सम्मेलन मात्रै आधिकारिक भएको जिकिर गरेको छ । ललितपुरको एक होटलमा हुने सम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की