काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि शनिवार बिहान सामाजिक सञ्जालमा धारणा व्यक्त गर्दै नेता थापाले केहीले पोलिटब्यूरो सदस्यले बैठकमा राखेको वाम एकताको प्रस्ताव तथ्यहीन भएको बताएका छन् ।
थापाले लेखेका छन्, ‘नेकपा एमाले पोलिटब्युरोको प्रथम र केन्द्रीय कमिटीको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न भएका छन् । विगतमा भन्दा बैठकको तयारी सुव्यवस्थित रह्यो । एजेन्डा र प्रस्ताव प्रस्तुति, छलफल र पारित गर्ने प्रक्रिया पनि फरक रह्यो । पोलिटव्युरोमा एजेन्डा पारित गर्दा केहीले राखेको नहुने र अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलियो !’
नेता थापाले अब एमाले आफ्नो सामर्थ्यमा सम्पूर्ण रूपमा एकताबद्ध भएर निर्वाचन केन्द्रित भएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीको राजीनामा फासफुस गराउनलाई होइन : सूर्य थापा
गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ: सूर्य थापा
कुलिङ अफ पिरियड हेरफेरको जिम्मेवारी समितिका सभापति र सचिवले लिनुपर्छ : सूर्य थापा
माधव नेपालको पदलोलुपता अशोभनीय: सूर्य थापा
नेपालको नोटमा पृथ्वीनारायण शाहको फोटो राख्न सूर्य थापाको प्रस्ताव
भारदारकालदेखि नै नेपालमा राजनीतिक अस्थिरता छ : सूर्य थापा