काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्न हुन्न भन्ने नेताको सातो लिएका छन् ।
चिवतनका नेता तथा हालैको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका दिनेश कोइरालालाई देउवाले थर्काएका हुन् ।
कोइरालाले गठबन्धनको विपक्षमा धारणा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए । देउवाले सक्छौ भने एक्लै क्याम्पसको चुनाव देखाउ भन्दै आक्रोश पोखेका थिए ।
‘क्याम्पसमा चुनाव जित्नुहुन्न। कहीँ कतै जित्नुहुन्न। खालि हामी बलियो छौं भन्नुहुन्छ। अनि गठबन्धनको विरोध गर्नुहुन्छ’, देउवाले भनेका थिए ।
‘एक्लै भिड्नुपर्छ। यदि कहीँ गठबन्धन गर्नुपर्यो भने स्थानीय स्तरबाटै त्यहाँको आवश्यकता र चाहना छलफल गरेर मात्रै गर्नुपर्छ। केन्द्रबाट लादिनुहुँदैन’ कोइरालाको भनाइ थियो।
उनले एमाले र माओवादी फुटेकाले काँग्रेस नै बलियो भएको धारणा राखेका थिए । ‘यतिबेला पनि कांग्रेस सिंगल लडेन भने कहिले लड्नेरु ?’ भन्ने उनको प्रश्न थियो। उनले चितवनमा यसअघि पनि गठबन्धनको विरोध गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा