कमेडी च्याम्पियन – बिक्की अग्रवालको कमेडी सन्तोष पन्तले किन बुझेनन्?

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १४ : २९
कमेडी च्याम्पियन – बिक्की अग्रवालको कमेडी सन्तोष पन्तले किन बुझेनन्?

काठमाडौं ।  शनिबार राति प्रसारण भएको हाँस्यव्यंग्य कार्यक्रम ‘कमेडी च्याम्पियन सिजन–२’ यतिखेर चर्चा अनि विवादको घेरामा छ।दोस्रो सिजनको अन्तिम ३ छनौट हुने ३४ औँ अध्यायमा सिक्किमबाट प्रतियोगितामा सहभागी भएका बिक्की अग्रवालको प्रस्तुति अनि निर्णायक सन्तोष पन्तको टिप्पणी विवादको विषयवस्तु हो।

युट्युबमा ट्रेन्डिङ १ मा पुगेको यो अध्यायमा आएका धेरै जसो कमेन्टमा बिक्की अग्रवालको समर्थन र निर्णायक सन्तोष पन्तको टिप्पणीको आलोचना भएको छ।अपलोड भएदेखि समाचार बनाउँदासम्म यो अध्यायलाई ११ लाख भन्दा धेरैपल्ट हेरिएको छ भने १० हजार भन्दा धेरै कमेन्टहरु आइसकेका छन्। धेरै कमेन्टमा दर्शकले बिक्की अग्रवालको समर्थन र पन्तको आलोचना गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस